उदय मानन्धरको “म तिम्रै शहरमा” सार्वजनिक

२७ बैशाख ।
चितवनका गायक तथा सर्जक उदय मानन्धरको नया गीत “म तिम्रै शहरमा” सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारीक यु-ट्युव च्यानल बाट गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर तथा संगीत उदय मानन्धरको रहेको छ भने गीत चितवनका चर्चित गजलकार कमल अर्यालले लेखेका हुन् । हरि शरण सायमीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा किरण जोशी, रबिता बाके, सिताराम माका, सबिना श्रेष्ठ, सुरेश मानन्धर, उमेश सापकोटा, लक्ष्मी थापा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतमा रबिता बाकेको शृंगार, प्रदिप अधिकारीको सह-छायांकन, बालकुमार मगरको सम्पादन तथा छायांकन साथै सुरेन्द्र मानन्धरको निर्देशन रहेको छ । गरिवीको रेखा बाट माथी उठ्ने कोशिस गर्दा गर्दै एक युवकले गर्नु परेको संघर्षलाई गीतले मुख्य कथा बनाएको छ । गीतलाई आम श्रोता दर्शकले मन पराउने गायक मानन्धरले विश्वास व्यक्त गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker