रत्ननगरको बुद्धज्योति स्कुलमा मतदानको नमुना अभ्यास 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार विद्यार्थीहरुलाई मतदानको नमुना अभ्यास गराइएको छ । वडा नं ४ भोकहामा रहेको बुद्धज्योति इङ्लीस स्कुले विद्यार्थीहरुलाई मतदाता शिक्षा प्रदान गर्न र विद्यालयमा विद्यार्थी नायक छान्न मतदानको नमुना अभ्यास गराइएको हो । विद्यार्थीमा नेतृत्वदायी भूमिका स्थापित गर्न र मतदानबारे व्यहारिक ज्ञान दिलाउन कार्यक्रम आयोजना गरिएको प्राचार्य बैकुण्ठ मरहठ्ठाले बताए ।

मतदानबाट छात्र तर्फ एक जना र छात्रा तर्फ एक जना गरी दुई जना विद्यालय नायक छनौट गरिएको छ । छात्र तर्फ विद्यालय नायकको लागि १० जना र छात्रा तर्फ ९ जनाले उम्मेदवारी दिएका थिए । कक्षा ४ देखि १० सम्मका २२५ जनाले मतदानमा सहभागिता जनाएका छन् । उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्राचार्य मरहठ्ठाले जानकारी दिए । विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत मिलाइएको छ ।

स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको प्राचार्य मरहठ्ठाले बताए । सामाजिक विषयमा पढ्का कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker