रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन : मेयर सापकोटाले गरे उद्घाटन

रत्ननगर । रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन जडान गरिएको स्वचालित मेसिनको औपचारिक उद्घाटन गरिएको छ । करिब एक हप्तादेखि सञ्चालनमा रहेको सो मेसिनको विहीबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक रुपमा उद्घाटन गरे । सो अबसरमा उनले अस्पताललाई सेवा प्रदान गर्न भवन अभाव रहेको भन्दै केन्द्र र प्रदेश सरकारले बजेट उपलब्ध गराए स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए ।

रत्ननगर अस्पतालको सेवा विस्तर र विकासका लागि स्थानीय सरकारसधै तयार रहेको भन्दै मेयर सापकोटाले अस्पताललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताए । बागमती प्रदेश सरकार मातहतमा सञ्चालित सो अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट मेसिनबाट स्वतः लिन सकिने व्यवस्था गरिएको छ । वागमती प्रदेशमै पहिलो पटक अस्पतालकै लगानीमा स्वचालित मेसिन सञ्चालनमा ल्याइएको भन्दै अस्पतलाका मेसु डा.मदन ज्ञावलीले बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले भर्खरै नयाँ अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको बताए । एटिएम मेसिनजस्तै देखिने सेल्फ सर्भिस मेसिनबाट बिरामीहरुले सहजरुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको उनको भनाइ छ ।

मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालितरुपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट हुनेछ । सो मेसिनबाट यसका अतिरिक्त स्वास्थ्य बिमाअन्तर्गतका बिरामीहरुले स्वास्थ्य बिमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बिमा सक्रिय भए÷नभएको अवस्था, म्याद सकिने मिति, बाँकी रकमसमेत हेर्न मिल्ने व्यवस्था रहेको मेसु डा. ज्ञावलीले बताउनुभयो । यसका अतिरिक्त सेवाग्राही÷बिरामीहरुले अस्पतालको विषयमा आफ्नो गुनासो र सुझावसमेत पब्लिक पोर्टलबाट राख्न सकिने गरी काम अगाडि बढाइएको छ । बकुलहर रत्ननगर अस्पतालले केही समयदेखि स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउन पहलकदमी गर्दै आइरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker