रत्ननगरको नगर सभा : तीन कार्यविधि,एक निर्देशिका पारित

रत्ननगर ।

रत्ननगर नगरपालिकाको बुधवार सम्पन्न छैठौं नगर सभाले तीन महत्वपूर्ण कार्यविधि र एउटा निर्देशिका सर्बसम्मत पारित गरेको छ ।

हिउदे अधिवेशनका रुपमा लिने सो नगर सभाले ७१ वटा योजनामा बजेट रकमान्तर,राजश्व बजेट तथा योजना निर्माणको समीक्षा,करको दरमा छुट दिइएको मेयर नारायण वनले जानकारी दिए । विधान मस्यौदा समितिका संयोजक तिलकराज शर्माले प्रस्तुत गरेको नगर प्रमुख उद्यमशिलता प्रर्बधन कोष सञ्चालन कार्यविधि,टोल विकास संस्था सञ्चालन कार्यविधि,बजार व्यवस्थापन कार्यविधि,स्वास्थ्य संस्था दर्ता,अनुमति तथा नविकरण निर्देशिका सर्बसम्मत पारित भएको हो ।

राजश्व परामर्श समितिकी संयोजक उपमेयर विमला दुवाडीले राजश्व,बजेट तथा योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य संस्था,सामुदायिक विद्यालय र मठमन्दिरलाई नगरपालिकाले कर नलिने घोषणा गरिन । स्वास्थ्य संस्था,सामुदायिक विद्यालय र मठमन्दिरको सम्पत्ती कर,भवन निर्माण गर्दा नगरपालिकाले दिने नक्सापास दस्तुर अबदेखि नलाग्ने उपमेयर दुवाडीले बताइन ।

कार्यक्रममा पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठले रकमान्तर बजेट र योजनाको विषयमा जानकारी गराएका थिए । नगर सभामा मेयर नारायण वनले आवश्यकताको प्राथमिकतालाई मध्यनजर गरी केही बजेट रकमान्तर गरिएको बताए । आगामी आर्थिक बर्षमा सकभर बजेट रकमान्तर नगर्ने उनको भनाई छ । मेयर वनले वडा स्तरीय योजना उत्पादनशिल क्षेत्र जोड दिएर योजना छनौट गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,वडाध्यक्षहरु राजन भट्ट,वलराम दाहाल,कृष्ण महतो, प्रबक्ता राजेन्द्र हमाल,कार्यपालिका सदस्य सरस्वती लामा,गीता दाहाल,वडा सदस्य अपिल अधिकारी,सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker