अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसायलाई बचाउन सहुलियत प्याकेज ल्याउन आवश्यक छ : प्रबन्धक आचार्य

कोराना भाईरसका कारण विगत साढे २ महिना देखि देशभर लकडाउनमा छ । लकडाउनका कारण सारा आर्थिक क्षेत्र ठप्प छन । मानिसहरु बन्दा बन्दीमा छन । एयरलाइन्स बन्द छन । अन्य सार्वजनिक यातायात बन्द छन । राष्ट्रिय अन्तराष्ट्रिय व्यापार र उडान समेत रोकिएका छन । आर्थिक क्षेत्र ध्वस्त भईरहेका बेला पर्यटन व्यवसाय अन्तर्गत होटल व्यवसाय पनि सुनसान छन । खण्डहर झै बनेका छन । यतिबेला पर्यटकले देशभरीका पर्यटन क्षेत्र खचाखच हुने बेला लकडाउनका कारण होटल व्यवसायमा ठूलो पहिरो गएको छ । व्यवसायीहरुमा निराशापन छाएको छ । एकातिर होटल सञ्चालकहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा छन तर यो व्यवसायमा आश्रित लाखौं कर्मचारीको रोजीरोटी गुमेको छ । यो कोरोनाको कहरले कहिले बिश्राम पाउलान र पर्यटन क्षेत्र कहिले तंग्रिएला यसै भन्न सक्ने अवस्था छैन । चितवनलाई चिनाउने तेस्रो पर्यटन क्षेत्र सौराहा क्षेत्रपनि अहिले सुनसान छ । साथै चितवनको अन्य पर्यटन क्षेत्र पनि यसबाट अछुतो छैन । यसै सन्दर्भमा रहेर चितवनको पर्यटन व्यवसायमा छुट्टै पहिचान बनाउन सफल लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटका प्रबन्धक राजेश शर्मा आचार्य संँग गरेको कुराकानीको संपादित अंश ।

लकडाउनका कारण अहिले तपाईको व्यवसायलाई कस्तो असर परेको छ ?
कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको बेला यसको प्रत्यक्ष असर होटललाई अवश्यनै परेको छ । लकडाउनका कारण देश विदेशबाट गरिएका बुकिङ्ग रद्ध गर्नुपरेको छ । होटलमा अहिले ताला लागेको अवस्था छ । कर्मचारीहरु बिदामा छन । भने अर्कोतिर हामीले बैंकबाट लिएका ऋणहरुको व्याज बुझाउन समेत नसक्ने अवस्था छौं ।

तपाईको विचारमा यो अबस्था कहिले सम्म रहला र तपाईहरुको आगामी योजना के छ ?
हामी अहिले पर्ख र हेरको अवस्थामा छौं । जसरी अन्र्तराष्ट्रिय स्तरमा व्यवसायलाई चलायमान बनाउन जे जति अभ्यासहरु भएका छन । त्यही अभ्यासलाई हामीले पछ्याउनु पर्छ । व्यवसाय चल्नु चलाउनु व्यवसायीको हातमा मात्रै हुदैन । यससंँग सम्बन्धित सरोकारवाला , सरकारी निकायहरुले समाधान खोज्नुपर्छ । खासगरी यो क्षेत्र अलि बृहत छ । यसक्षेत्रसंँग जोडिएका अन्य थुप्रै व्यवसायहरु छन । यो व्यवसाय विशुद्ध देश तथा विदेशबाट आउने पर्यटकमा निर्भर रहन्छ । कोरोनाको कहर सकिएपनि यो क्षेत्र उकासिन अझै केही समय लाग्छ । यो समयसम्म हामीले पर्यटन व्यवसायलाई बचाउन आफ्नो तबरबाट पूर्वाधार, पर्यटनमा विविधिकरण , स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर अघि बढाउनु पर्ने आबश्यक देखिन्छ । हाम्रो रिट्रिटको बारेमा भन्नुपर्दा हामीले पर्यटकलाई बढी भन्दा बढी सेवा दिन थुप्रै योजना बनाएका छौं । कति पुरा भएका छन भने कति पुरा हुन बांँकी छ । हाम्रो रिट्रिट २५ विघा क्षेत्रफलमा रहेकोले पनि हामीले पर्यटकलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलाउन सक्छौं यद्यपि सरकारको साथ अपरिहार्य छ ।

पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र लाखौं रोजगारी गुम्न नदिन के गर्नुपर्ला ?
पहिला कुरा त स्वास्थ्य भन्दा ठूलो अरु केही हुदैन । स्वास्थ्य सुरक्षा भए सबै किसिमका पेशा व्यवसायलाई निरन्तरता दिन सकिन्छ । पर्यटन व्यवसायको हकमा यसलाई पहिलेकै अवस्थामा ल्याउन केही समय कुर्नै पर्छ । पहिलो कुरा त कोरोना भाइरस नियन्त्रण हुनु पर्यो अर्को कुरा यसको भ्याक्सिन समेत निस्कनु पर्छ । जबसम्म मानिसमा यो रोगको त्रास रहिरहन्छ । र नियन्त्रणमा आउंँदैन त्यतिबेलामा सम्म यो व्यवसाय ठप्पनै नै हुन्छ । यो अवस्था भनेको संक्रमणकालिन अवस्था हो । त्यसैले यस्तो बेलामा सरकारले विभिन्न प्याकेज योजना ल्याएर व्यवसायीलाई सहुलियत दिनुपर्छ । जस्तो बैंकको व्याजमा छुट, करमा छुट र यसलाई चाहिने अन्य वस्तुहरुमा कर छुट दिनसक्नुपर्छ । यसबाट लाखौको रोजगारी गुम्न नदिन र दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्न व्यवसायीलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनु पर्दछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker