एउटा ठुलो रुख मुनि चटपटे ब्यापार, कलिलो उमेर, दिनको ३०० आम्दानी, ८ बर्षे यी चटपटेवालाको जोडी (मन छुने भिडियो)

गुल्मी, एउटा ठुलो रुख । रुखमा सानो कार्ड बोर्डमा ठुला अक्षरमा लेखिएको छ, यहाँ चटपटे पाइन्छ । यो स्थान हो, गुल्मीको इस्मा गाउँपालिका–४ मौले पोखराको । रुखको फेदनिर तिनजना बालबालिकाले चटपटे बेचिरहेका छन् । नत उमेरले पाका, नत सिपले पोख्त तर पनि चटपटेको व्यापार चलिरहेकै छ, उनीहरुको । धेरै बालबालिकाहरु लकडाउनले स्कुल जान पाएका छैनन् । यो समयमा उनीहरु घरमै बसिरहेको छन् । तर इस्मा–४ मौलेपोखराका यी बालबालिकाहरु भने चटपटे बनाएर बँेच्दै छन् ।

बिहान साढे दश बजे उनीहरु दिनहुँ त्यही रुखमुनि आउँछन् । साँझ साढे पाँच बजेसम्म चटपटे बेच्छन् । बाटोमा हिड्नेहरुले उनीहरुले बनाएको चटपटे स्वाद मानि–मानि खाइरहेका छन् ।

भिडियो हेर्नुहोस र सबैले सेयर गर्नुहोस ।।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker