रत्ननगरका २०१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण 

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका २०१ जना महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । रत्ननगर १२ शालधारीमा रहेको आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो शिविरमा परीक्षण गराएका मध्ये अधिकाँस सुकुमबासी महिलाहरु रहेका छन् । रत्ननगर नगरपालिका, वडा नं १२ वडा कार्यालय र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा गरिएको निःशुल्क शिविरमा परीक्षण गराएका २०१ जना मध्ये ५ जनामा क्यान्सर पोजेटिभ देखिएको र २५ जनामा संक्रमण देखापरेको छ ।

शक्तिशाली आमा समुहकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले शिविरको उद्घाटन गरेकी थिइन् । सो अबसरमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सापकोटाले स्तन र पाठेघरको सुरक्षाका लागि महिलाहरु सचेत हुनुपर्ने बताइन् । लामो समय सम्म बेवास्था गर्दा रोगको शिकार हुनुपर्ने भन्दै उनले समय समयमा स्तन र पाठेघरको जाँच गराउनुपर्नेमा जोड दिइन् ।

शिविरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी सुपरभाइजर अयोध्या पाठक नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिलाहरुको स्तन तथा पाठेघरको जाँच गरेका थिए । सहकारीकी अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष फुलकुमारी लामा, लुमन्तीका जगतबहादुर बारघरे लगायतले उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker