बिपन्न परिवारलाई बछौली रेडक्रसद्वारा राहत वितरण

दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेका छन ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीले,रत्ननगर–५,६ र ७ मा रहेको जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए ।

उपशाखा बछौलीको पहलमा हिमाली नबिन समाज र वाइल्ड्लाइफ भिक्टिम फन्ड सहयोगमा ८५ अति विपन्न परिवार लाई खाद्य सामग्री वितरण गरिएको सभापति सुवास विडारीले वताए ।

सहयोग स्वरुप प्रति परिवार १ बोरा चामले नुन, दाल र तेल सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । विभिन्न संघ संस्था एवं व्यक्तिहरुवाट प्राप्त गरिएको सहयोग रकमवाट उपशाखाको कार्य क्षेत्र भित्र विहिवार सम्म आईपुग्दा ३३५ भन्दा वढी परिवारलाई सहयोग गरिएको श्रेष्ठले वताए ।

उक्त कार्यक्रममा वडा सदस्यदोय किरण महतो, केशरी माया सुनार, समाजसेवी प्रहलाद सापकोटा, नेपाल रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker