तामाकोसीका स्वास्थ्य संयोजक मिश्र सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

सुजन काफ्ले
दोलखा। जिल्लाको तामाकोसी गाउँपालिकाका
स्वास्थ्य संयोजक मिश्र सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन।

कोभिड-१९ रोगको संक्रमण,नियंत्रण,रोकथाम तथा उपचारमा सफलता प्राप्त गरेको भन्दै गाऊँपालिकाले सर्वोत्कृष्ट कर्मचारीको रुपमा अरुण कुमार मिश्रलाई सम्मानित गरेको हो।

त्यसै गरि गाउँपालिकाले कर्मचारीबाट १ जना, स्वास्थ्यकर्मीबाट २ जना, कार्यालय सहायकबाट १ जना प्राबिधिकबाट २ जना गरेर ६ जना कर्मचारीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

कोभिड रोकथाम तथ नियन्त्रणमा उल्लेख कार्य गर्ने लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाइ गाउँपालिकाले सम्मान कार्यक्रम राखेको थियो।                                            सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका मिश्रले कोभिड-१९ रोगको संक्रमण, नियंत्रण, रोकथाम तथा उपचारमा गाऊँपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत स्थानीयको सहयोगले मात्र कोरोना नियन्त्रण सफल भएको भन्दै आफुलाइ सम्मानित गरिएकोमा गाउँपालिकालाई बिशेश धन्यवाद ब्यक्त गरेका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker