रत्ननगर १ मा कुलप्रसादको सम्भावना बलियो,यस्ता छन् चुनावी प्रतिबद्धता

 

रत्ननगर । नेपाली कांग्रेसबाट रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा युवा नेता हुन । पार्टीको वडासभापति समेत रहेका सापकोटा वडामा मात्र नभई नगरमै लोकप्रिय छन् । उनले जित हासिल गर्ने सम्भावना बलियो बनेको छ ।
सापकोटाको चुनावी प्रतिबद्धता यस्ता छन् ।

१. वडाभित्रका सबै बाटोहरुलाई आवश्यक ठाउँमा विस्तार परी नाला, फुटपाय सहितको कालोपत्रे, मोज्याक तथा ढलान गरी हरियाली सहितको नमूना वाटोहरु निर्माण गरिनेछ ।

२. सौराहाचोकदेखि दक्षिण सौराहा जाने बाटोको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । ३. निपनीदेखि दक्षिण चित्रसारी ढुङ्गाघाटसम्मको सडक स्तरोन्नतिको लागि पहल गरिनेछ ।

४. बिजुलीको नागो तारलाई हटाई इलेक्ट्रिक केबल तारको व्यवस्था गरिनेछ साथै सबै बाटोहरुमा बिजुली बसीको निरन्तरता गरिनेछ ।

५. वडाभित्रका सबै नागरिकको लागि बिजुली तथा खानेपानी घरघर पुन्याइमेन ਹਨ

६. देवौली पक्कि कुलो निर्माणको बाँकी कार्यलाई पूर्णता दिइनेछ ।

७. निर्माणधीन बालउचानलाई पूर्णता दिइनेछ र वालवालिकाहरुलाई खेल्नको लागि व्यवस्थित खेल मैदानको व्यवस्था गरिनेछ ।

८. कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषकहरुलाई अनुदानसँग जोडेर उत्पादन बृद्धि गरी रोजगारीको सिर्जना गरिनेछ ।

९. कृषकहरुलाई आवश्यक उन्नत जातका विउविजन, किटनाशक तथा मलखादको उचित व्यवस्थाका साथै कृषि आधुनिकिकरणमा जोड दिइनेछ,

१०. दुग्ध उत्पादन गर्ने कृषकहरुलाई क्षमता अभिवृद्धि गराई स्वरोजगार बनाइनेछ ।

११. वडाभित्र रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाइनेछ ।

१२. आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका बालवालिकाहरुको शिक्षा र स्वस्थ्य लगायतका अधिकारहरु सुनिश्चित गरिनेछ ।

१३. बकुलहर मा.वि. र ओमशान्ति आधारभूत विद्यालयको स्तरोन्नति, पूर्वाधार विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने साथै जग्गा दर्ता प्रकृया सम्पन्न गरिनेछ ।

१४. सामाजिक अपराधलाई न्युनिकरण गर्न आवश्यक ठाउँमा सि.सि.टि.भी. क्यामरा सहित फ्रि वाइफाइको व्यवस्था गरिनेछ । १५. प्राथमिक स्वास्थ्य चौकीको निर्माण गरिनेछ ।

१६. सुत्केरी महिलालाई पोषण भत्ताको व्यवस्था गरिनेछ ।

१७. नवजात शिशु मैत्री खोप केन्द्रको विकास गरिनेछ । १८. विपन्न गरिबहरुको लागि निःशुल्क स्वास्थ्य बिभाको व्यवस्था गरिनेछ ।

१९. वडाभित्र कम्तिमा एउटा अत्याधुनिक प्रविधियुक्त ई-पुस्तकालयको व्यवस्था गरिनेछ ।

२०. उद्योग तथा कलकारखानाहरुलाई वडाभित्र स्थापना गर्नको लागि प्रोत्साहन गरिनेछ ।

२१. युवा तथा महिला लक्षित उच्चमशीलता प्रवर्धनका लागि सिपमूलक तालिमको व्यवस्था मिलाइनेछ । २२. जेष्ठ नागरिकका लागि आत्मसम्मान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरिनेछ ।

२३. अपाङ्ग र अशक्तहरुका लागी आवश्यक योजनाहरु तयार पारी लागू गरिनेछ ।

२४. यस वडामा भएका धार्मिक र पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ साथै हरिहर मन्दिर लाइ घामको रुपमा विकसित गरिनेछ ।

२५. दलित, जानजाती, आदिवासीहरुका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ २६. सबै जातजाती भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गरिनेछ ।

२७. वडा कार्यालय मार्फत दिने सेवाहरु चुस्त, दुरुस्त तथा पारदर्शी बनाइनेछ । “हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस रुख चिन्हमा मतदान गरौँ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker