अर्किड स्कूलमा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

भरतपुर, चितवन।
भरतपुर-१०, हाकिमचोक अवस्थित अर्किड स्कूलले गत वैशाख २६ गते नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुको लागि प्रवेश परीक्षा र २७ गते अन्तरक्रिया (अन्तर्वार्ता) लिई ३१४ विद्यार्थीहरुमध्ये २२३ जना विद्यार्थीहरु उक्त चरणहरुमा छनौट भई नयाँ भर्ना लिइएको थियो।
उक्त नयाँ भर्ना भएका २२३ जना विद्यार्थीहरुको लागि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरि स्वागत गरिएको छ।


संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य डा. खेम आचार्यले नव प्रवेशी विद्यार्थीहरुलाई विद्यालयको साझा लक्ष्य, विद्यार्थीहरुले पालना गर्नुपर्ने संहिता, असल आचरण, चरित्र निर्माण सम्बन्धी प्रेरणादायी कुराहरु राखेका थिए। अतिरिक्त क्रियाकलाप विभागकी संयोजक प्रतीक्षा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन्।


नवआगन्तुक विद्यार्थीहरुलाई टीका, पुष्पगुच्छा र ग्रिटिंग कार्ड प्रदान गरी स्वागत गरिएको थियो।


कार्यक्रममा नृत्य तथा गायन, भेषभूषा प्रदर्शनी र प्रहसन आदिद्वारा मनोरन्जन प्रदान गरिएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker