पूर्वी चितवन विद्युत व्यवसायी संघको नयाँ कार्यसमिति चयन

रत्ननगर । पूर्वी चितवन विद्युत व्यवसायी संघको अध्यक्षमा ओमप्रसाद चालिसे चयन भएका छन् । चितवनको सौराहामा सोमबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले चालिसेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा भूवन चौधरी, द्धितीय उपाध्यक्षमा सुरज घिमिरे, सचिवमा कृष्णप्रसाद दुलाल, सहसचिवमा सुरेन्द्र खरेल र कोषाध्यक्षमा अमृत मिश्र चयन भएका छन् । समितिको सदस्यहरुमा अनुपम पौडेल, नन्दकुमार चौधरी, नवराज उप्रेती, हरिकृष्ण तिमिल्सिना, गणेश नगरकोटी र उदयनारायण श्रेष्ठ चयन भएका छन् । संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा विधान समितिका संयोजक प्रेमप्रसाद सापकोटा, सदस्यहरु सुवास घिमिरे, उत्तम घिमिरे, उद्धब गौतम, सचिव कृष्णप्रसाद दुलाल, ओम चालिसे, रामनाथ चौधरी,अमृत मिश्रलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौडेलले सामानमा भएको अभाव,मुल्यबृद्धि र व्याजदरमा बृद्धिको कारण विद्युत व्यवसायी समस्यामा परेको बताए । उनले विद्युत्का सामानमा नेपाल आत्मनिर्भर हुन नसकेका कारण आयत रोक्न नसकिएको बताए । विद्युत् व्यवसायीहरु पनि मुलुकमा देखिएको आर्थिक मन्दीको असरको सिकार बनेको भन्दै अध्यक्ष पौडेलले संवेदनशिल व्यवसायप्रति राज्य गम्भिर हुन जरुरी रहेको बताए ।

महासंघका पूर्व अध्यक्ष तेजनारायण खरेलले विद्युत् व्यवसायीहरु उज्यालोको अभियान्ता रहेको भन्दै राज्यले सम्मान गर्न आवश्यक रहेको बताए । संवेशनशिल बस्तुको व्यापार गरेर उज्यालो छर्ने काम गरेका छौं उनले भने यो व्यवसाय प्रर्बधनको लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्छ । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष रघुनाथ भट्टले विद्युत व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वी चितवन विद्युत् व्यवसायी संघका सल्लाहकार तथा वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे, महासंघका महासचिव कमल पोखरेल, महासंघका प्रदेश समिति अध्यक्ष लेखनाथ सापकोटा, विद्युत व्यवसायी महासंघ चितवनका अध्यक्ष डोलनाथ न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ पोखरेल, काठमाडौं जिल्ला अध्यक्ष सरोजकुमार रेग्मी,राठीग्रुपका प्रतिनिधि मोहन गौतम,संघका कोष संचालन संयोजक उद्धब गौतम लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभा तथा अधिवेशन व्यवस्थापन समितिका संयोजक प्रेमप्रसाद सापकोटा संघ लामो समय देखि क्रियाशिल रहेको भएपनि महासंघमा आबद्ध भएपछिको पहिलो साधारण सभा तथा अधिवेशन गरिएको बताए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker