सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा लुम्विनी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

२२ भाद्र, बुधवार
कुरिनटार, चितवन

लुम्विनी विकास बैंक लिमिटेड ले आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवन मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड नारायणगढ का शाखा प्रबंधक सुरज कोइरालाले वित्तीय साक्षरता तथा लुम्विनी विकास बैंक कै हाकिमचोक शाखा प्रबन्धक श्री सुदर्शन घिमिरेले लुम्विनी विकास बैंक लिमिटेड को सम्बन्धमा प्रकाश पार्नुभएको थिए । वित्तीय साक्षरता कार्यक्रम ससस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक ससस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेल को समुस्थितिमा ससस्त्र प्रहरी अधिकृतहरु लगायत ६० जना सहभागी थिए । सो कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड कुरिनटार शाखाका शाखा प्रबन्धक श्री प्रदीप रेग्मी लगायत अन्य बैंक कर्मचारीहरु को पनि सहभागिता थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker