सौजन्य बचत सहकारीको अध्यक्षमा पुनः लम्साल

रत्ननगर, असोज १० ।

रत्ननगर–१० बकुलहरमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः धर्मध्वज लम्साल चयन भएका छन् । संस्थाको सोमबार सम्पन्न ११ औं साधारण सभा तथा चौथो अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा महादेव प्रसाद हुमागाई, सचिवमा अनिता अर्याल(लामिछाने), कोषाध्यक्षमा सविता आचार्य चयन भएका छन् । सदस्यहरुमा सुनिता श्रेष्ठ, राजेन्द्र प्रसाद चौधरी, सोमराज बस्नेत, कमल बहादुर घिमीरे र मोहन पाण्डे चयन भएका छन् । अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा लिलानाथ अर्याल र सदस्यहरुमा रमेश बाबु कट्टेल र बुद्धि प्रसाद अधिकारीलाई चयन गरेको छ ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष धर्मध्वज लम्सालले प्रगति प्रतिवेदन तथा भावी कार्यनीति प्रस्तुत गरेका थिए । सचिव अनिता अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन निवर्तमान लेखा समिती संयोजक बावुराम गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्यहरु रुमा कुमारी महतो, विन्दु श्रेष्ठ, पवित्रा सुवेदी, पवित्रा थापा, रुपा अधिकारी र धनमाया घिमीरेलाई उत्कृष्ठ कारोबार गर्दै संस्थाको विकासका टेवा पुर्‍याएको भन्दै सम्मान गरिएको थियो ।

रत्ननगर वडा नम्बर १० वडा सदस्य गोमा भण्डारी र शेयर सदस्यको तर्फबाट शोभा लामिछानेले स्वागत मन्तब्य राखेको कार्यक्रम अध्यक्ष धर्मध्वज लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम लेखा सुपरिवेक्षण समिति संयोजक लिलानाथ अर्यालले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker