रत्ननगरमा स्वस्तिक प्लाई तथा सिसा पसल सञ्चालन

रत्ननगर । चितवनको रत्ननगरमा रहेको टाँडी बजारमा स्वस्तिक प्लाई एण्ड सिसा पसल सञ्चालनमा आएको छ ।

वडा नं २ अन्तर्गत मेनरोडमा सावित्री पौडेल(सीता) र प्रमोद महतोको सयुक्त लगानीमा पसल सञ्चालनमा ल्याइएको हो । वडादसैँको फुलपातीको दिन सो पसलको औपचारिक शुभारम्भ गरिएको हो । कालिका पेट्रोल पम्प अगाडी पसल सञ्चालनमा रहेको पौडेलले जानकारी दिइन ।

दुई करोडको लगानीमा सञ्चालनमा ल्याइएको सो पसलमा सिसा,सिसा पोलिस,सिसा इचिङ,वेभलिङ, सिसा कब्जा, सिसा ब्राकेट स्क्रु, स्पेन्सर, प्लाई, फरमाइका,ढोका तथा हार्डवेयरका सम्पूर्ण सामानहरु सुपथ मुल्यमा पाइने सञ्चालिका पौडेलले जानकारी दिइन ।

व्यवसायिकतासंगै बजार र ग्राहकको चाहना बुझेर सिसा, प्लाई र हार्डवेयरका सामान एकै ठाउँमा पाइने गरी पसल सञ्चालनमा ल्याएको उनले बताइन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker