लक्की मिडियाले चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि चितवनमा ‘अटो यात्रा’ गर्ने

चितवन। चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले बहुप्रतिक्षित चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि चर्चित कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताउनुभयो । अटो यात्राले चलचित्र क्षेत्रको व्यवसायलाई थप टेवा पुर्याउने उहाँले बताउनुभयो ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते, साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा भव्य प्रिमियर शो गर्न लागिएको हो । चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताउनुभयो । प्रिमियर शोका लागि सहभागि भएका कलाकारहरुलाई चितवनको प्रेडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसबाट स्वागत तथा सम्मान कार्यक्रम समेत राखिएको छ ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेकोछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker