टिकौलीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु

रत्ननगर । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा शनिबार देखि जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको प्रदेश सांसद इश्वर सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले खेलकुदको विकासका लागि लगानी र प्रोत्सहान आवश्यक रहेको भन्दै त्यसका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका हरेको भन्दै उनले यसको विकासको लागि लगानी गर्न प्रदेश सरकार कहिल्यै पनि नचुक्ने बताए । दुई दिन सम्म चल्ने सो प्रतियोगिता अन्तर्गत एथलेटिक्स, टेक्वान्दो, भलिबल, उसु, कर्बडी, कराते लगायतका खेल हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए । प्रतियोगितामा पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका विभिन्न स्कुलका विद्यार्थीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । प्रतियोगिता उद्घाटनको अबसरमा समितिले विभिन्न खेलका प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

पत्रकारिता मार्फत खेलकुदको विकासमा योगदान गरेको भन्दै सिनर्जी एफएममा कार्यरत पत्रकार आस्था राईलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश अन्तर्गतको खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बारेमा प्रकास पार्दै प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुदको बजेट दोब्बर बनाउने बताए ।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, माडी नगरपालिकाका उपमेयर खेम महतो, इच्छाकामना गाउँपालिकाकी उपमेयर माया सिलवाल, खैरहनीका नगर शिक्षा अधिकारी राजु बानिया लगायतको सहभागिता रहेको थियो । उद्घाटनको अबसरमा गरिएको प्रतियोगितात्मक मार्चपासमा माडी नगरपालिका प्रथम,रत्ननगर नगरपालिका द्धितीय र इच्छाकामना गाउँपालिका तृतीय भएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker