फूड फेस्टिबलमा रक्तदान : २४ युनिट रगत संकलन

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी फूड फेस्टिबलको दास्रो दिन सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्ट,राज मेडिकल हल र स्वास्थ्य तथा वाताबरण सरोकार समाज नेपालको सहयोगमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले कार्यक्रम आयोजना गरेको हो । फेस्टिवलको सचिवालयमा आयोजित कार्यक्रममा २४ युनिट रगत संकलन भएको समाजका अध्यक्ष राजेन्द्र प्रसाद खरेलले जानकारी दिए ।

फेस्टिबलका संयोजक ध्रुव गिरीले सौराहामा पर्यटक भित्र्याउन आयोजना गरिएको फेस्टिबलमा सामाजिक सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रेवानका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु राजन भट्ट, गोकर्ण गिरी, दीपक खतिवडा, सिताराम कुमाल, पुरुषोत्तम श्रेष्ठ,रेवानका उपाध्यक्ष कपिल रेग्मी, महासचिव सुर्यबहादुर रिमाल, फेस्टिबलका सहसंयोजक नवीन नेपाल लगायतको सहभागिता रहेको थियो । भ्यालेनटाइन डे को अबसरमा आयोजित फेस्टिबल आइतवार देखि सूरु भएको हो ।

सौराहामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको फेस्टिबललाई भब्य बनाउन सौराहालाई विवहा घर जस्तै गरी सिंगारिएको छ । फेस्टिबलकै अबसरमा सीआरएलको सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १०० जनाको सुगर परीक्षण, ब्लड ग्रुप परीक्षण, जुकाको औषधि वितरण गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker