प्रदर्शनीको दोश्रो दिन नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन विषयक सेमिनार सम्पन्न

भरतपुर÷चितवन उद्योग संघ र कम्प्युटर एशोसिएशन नेपाल महासंघ चितवन शाखाको संयुक्त आयोजनामा मिति २०८० बैशाख ०७ गतेदेखि आयोजना भईरहेको औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ को दोश्रो दिन आज “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” विषयक सेमिनार सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका प्रदर्शनी उपसमितिका संयोजक सुरेन्द्र कार्कीले मोडरेटर गर्नुभएको सेमिनारको प्यानलिष्टहरुमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, बोष्टर्न इन्टरनेशनल कलेजका कार्यक्रम कोर्डिनेटर नविन कुमार श्रेष्ठ, कम्प्युटर एशोसिएशन नेपाल महासंघका सदस्य, साइबर सेक्युरिटी बिज्ञ एवम् स्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्का, शहीद स्मृति बहुमुखी क्याम्पसका प्रवक्ता सागर तिवारी, नेपाली उद्यमी फोरमका स्टार्टअप चियर दिलिप पौडेल रहनुभएको थियो ।
सेमिनारलाई चितवन उद्योग संघको औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागले संयोजन गरेको थियो ।
सेमिनारको माध्यमबाट उद्यमशिलतामा रहेको नवप्रबर्तनलाई प्रोत्साहन गर्ने र उद्यमशिलतामा युवा वर्गलाई आर्कषित गर्ने, स्टार्टअप सम्बन्धि विद्यमान नीति नियम, स्टार्टअपका लागि राज्यले चालेका अभियान र कार्यक्रमका बारेमा साक्षात्कार गराउँदै नविनतम् सोच र दृढ इच्छा शक्तिका साथ उद्यमी बन्न चाहनेहरुलाई प्रोत्साहन गर्नु रहेको थियो ।
चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको चौथो दिन चैत्र १० गते “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार हुँदैछ ।
प्रदर्शनीमा अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज दोश्रो दिन दिन कुपन नं. १३५० प्रथम, कुपन नं. १५०६ दोश्रो र कुपन नं. १२०० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रर्बद्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
चितवन उद्योग संघका पाठशाला अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको सेमिनार कार्यक्रमलाई औद्योगिक नीति निर्माण समन्वय तथा अनुसन्धान विभागका संयोजक गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker