चितवन मेडिकल कलेज (सिएमसी) मा साँझ ४ बजेपछि ओपिडी सेवा प्रदान

चितवन । चितवनको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजको नामले परिचित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीको सुविधालाई मध्यनगर गर्दै साँझमा समेत ओपिडी सेवा सुरु गरेको छ । अस्पतालको बिस्तारित सेवा अन्तरगत आइतबारबाट साँझ ४ बजेदेखि ६ बजेसम्म ओपिडी टिकटमा बिरामीलाई स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बिस्तारित स्वास्थ्य सेवा अन्तरगत वैशाख २ गतेबाट सम्पूर्ण ओपिडी (बहिरङ्ग) सेवा एकै ठाउँबाट सुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार हरेक दिन दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म ओपिडी सेवा बिस्तार गरिएको हो ।

निजी तथा सरकारी कर्मचारी, विद्यालय तथा क्याम्पसका विद्यार्थी लगायत दिउँसोको समयमा ब्यस्त रहनेहरुको गुनासो आएपछि बिस्तारित सेवा सुरु गरिएको देवकोटाले बताउनुभयो । बिस्तारित सेवामा चिकित्सकीय परीक्षणसँगै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, एमआरआई, सिटीस्क्यान, ईसिजीलगायत अस्पतालमा उपलब्ध सम्पूर्ण परीक्षण सेवा पनि दिइने उहाँको भनाइ छ । सिएमसी क्यान्सर इन्स्टिच्यूटको दोस्रो तलाबाट यो सेवा सुरु गरिएको देवकोटाले बताउनुभयो ।

सम्पूर्ण स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध हुने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । अति विशिष्टिकृत सेवा सञ्चालन गर्दै आएको सिएमसीले सेवामा विविधीकरण गर्दै आएको छ । अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित सिएमसी क्यान्सर इन्स्टिच्यूट समेत सञ्चालन गरेका कारण सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवा लिन सहज भएको छ । बिस्तारित स्वास्थ्य सेवासँगै कार्यालय समयपछि आएर परीक्षण गर्नेहरुका लागि सहज हुने अस्पतालको विश्वास छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker