जुटपानी एकाडेमीमा आँखा शिविर, ३ सय ५० ले गरे परिक्षण

३० चैत, कालिका ।
कालिका नगरपालिका वडा नम्बर १ स्थित जुटपानी एकाडेमिमा नि:शुल्क आँखा परिक्षण शिविर गरिएको छ । शिविरमा ३ सय ५० जनाले आँखा परिक्षण गराएका छन् । कालिका नगरपालिका १ नम्बर वडा कार्यालय र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर जुटपानी एकाडेमिको आयोजनामा गरिएको हो । सो शिविरमा करिव ३ सय ५० जना स्थानीयको आँखा परीक्षण,औषधी तथा नि:शुल्क चश्मा वितरण गरिएको थियो। जस अन्तर्गत ३० जनामा मोतियाविन्दुको समस्या देखिएको छ । लायन्स क्लव अफ काठमान्डू फ्युचर स्टारले नि:शुल्क औषधि तथा चस्मा उपलव्ध गराएको उक्त कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तवीर स्यान्दान प्रमुख अतिथि हुनुहुन्थियो। कार्यक्रममा बोल्दै वडाध्यक्षले भोलिका दिनमा पनि कालिका नगरभित्र यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने र यसको लागी वडा कार्यालयले सदैव सहयोग गर्ने बताउनुभयो । आँखा सिविरको व्यवस्थापन विद्यालयका निर्देशक तथा जिल्लाकै प्रतिष्ठित व्यवसायी विमल कालाखेतिले गर्नुभएको विद्यालयका प्राचार्य कमल प्रसाद सापकोटाले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker