राप्तीमा हाफ म्याराथुन हुदै

  • राप्तीमा हाफ म्याराथुन हुद
    फागुन १७ गते । चितवनको राप्तीमा भण्डारा हाफ म्याराथुन २०७९ हुदैछ । शिवपुरी क्लवको आयोजना,जेपी युवा क्लवको सहआयोजना तथा प्रविण सिलवालको विषेश सहयोगमा फागुन १९ गते शुक्रवार म्याराथुन हुन लागेको हो । आयोजक शिवपुरी क्लवले बुधवार एक विज्ञप्ती जारी गर्दै खेलाडीको मनोवल उच्च वनाउनुका साथै नगर,जिल्ला,प्रदेश र राष्ट्रलाई उत्कृष्ट धावक उत्पादनमा सघाउन पुर्याउनले उदेश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । शिवपुरी क्लवको खेलमैदानबाट सुरु भई रेडक्रस चोकदेखी दक्षिण गैडाढाप,सिसवास,प्यारीढाप,धमौरा हुदै जेपी पार्क राप्ती ६ मा पुगेर समापन हुने क्लवका अध्यक्ष सुवास सिलवालले जानकारी दिए । प्रतियोगितामा चितवनसहित मकवानपुर,नवलपुर जिल्लाका खेलाडीहरुले सहभागीता जनाउने छन् ।
    प्रथम हुनेले नगद ३० हजार रुपैयाँसहित ट्रफी,द्धितिय हुनेले नगद २० हजार र तृतिय हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लवका अध्यक्ष सिलवालले वताए ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker