रत्ननगर जुनियर जेसीजले होली म्यूजिक फेष्टा सिजन ४ कार्यक्रम गर्दै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा होली म्यूजिक फेष्टा सिजन ४ हुने भएको छ । रत्ननगर जुनियर जेसीजले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले फागुन २३ गते फेष्टा आयोजना गरेको हो ।

रत्ननगर १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा कार्यक्रम हुने छ । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

लोप हुँदै गएको फागुपर्बको महत्व जनसमुदाय सम्म लैजान,स्थानीय कलाकारलाई हौसला प्रदान गर्न,आन्तरिक पर्यटन प्रर्बद्धन गर्न र व्यवसायिक पहल र अबलोकनमा बृद्धि गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सगुन रेग्मीले जानकारी दिए । जुनियर जेसीजले विगत पाँच बर्ष देखि यो कार्यक्रम गर्दै आएको थियो ।

कोरोनाका कारण रोकिएको उक्त कार्यक्रम यस बर्षको होली पर्वबाट सुरु गरिएको रत्ननगर जुनियर जेसीजका अध्यक्ष स।न्र्दभ खनालले जानकारी दिए । कार्यक्रम परिसरमा विभिन्न खानाका स्टलहरु समेत रहने उनले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker