ठूला पार्टीहरु राजनीति देश र जनता डुवाउने हिसावले गर्छन्’: नेमकिपाका सचिव सुवाल

रत्ननगर, चैत्र २४ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालका राजनीतिक पार्टीहरु पद र पैसाका लागि राजनीति गर्ने गरेको आरोप लगाएकाछन् । नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनलाई चितवनको रत्ननरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ठूला पार्टीहरु खानकै लागि राजनीति गर्छन्, उनीहरु राजनीति देश र जनता डुवाउने हिसावले गर्छन् ।’
उनीहरु सरकारमा जान परेमा बिदेशी पार्टीको ईसारामा चल्ने गरेको पाईएको बताएकाछन् ।
उनले भने, ‘हिजो नेकपा एमालेको समर्थनमा थियो प्रण्ड सरकार । अहिले नेपाली कांग्रेसको समर्थनमा । त्यसकारण उनीहरु एउँटै ड्याङ्गका मुला हुन्, देश र गरीव जनताको हित कहिल्यै हेरेनन् ।’
देश विकासका निम्ति कहिल्यै काम नगर्ने ठूला भनाउँदा पार्टीलाई जनताहरुले साथ र समर्थन गरेका कारण देश बिग्रिएको उनले आरोप लगाए ।
ईज्जत र नैतिकता नभएको पार्टीहरु पुनः सिंहदरवार कब्जा गर्नाले देश झन् झन् दलदलमा फस्दै गएको उनको भनाई छ । ‘नेपालको कुनैपनि पार्टी देशभक्त पार्टी हो भने, अमेरिकी साम्रज्यवाद र भारतीय विस्तारबादको बिरोध गर्नै पर्छ, बिरोध नगर्ने पार्टी नयाँ होस् या पुरानो त्यो पार्टी देश र जनताको पार्टी हुने छैन ।’
कार्यक्रममा बोल्दै उनले कामदार वर्गका महिला र पुरुषलाई संगठित गर्नुपर्नेमा जोड दिए । राज्य शक्तिलाई दुरुपयोग गरेर सम्पति कुम्ल्याउने तिनै ठूला राजनीतिक पार्टीका व्यक्ति भएकाले उनीहरुलाई समाप्त नपारि महिला र पुरुषको मुक्ति सम्भव नभएको बताए ।
आफ्नो पार्टी देश र जनताको पक्षमा सधै ईमान्दारीताका साथ कार्यक्रहरु गर्दै आएको उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले देश र जनता डुबाउने एम.सि.सि को बिरोध हाम्रो पार्टीले गर्दै आएको बताए । अन्य पार्टीहरुले गर्न नसकेको बिरोध नेपाल मजदुर किसान पार्टीले गर्दै आएको उनले बताए ।
नेपाल क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अनुराधा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सृजना सैजु, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभासदस्य गीता काफ्ले, नेपाल क्रान्तिकारी महिला सङ्घ बर्दीयाकी अध्यक्ष मञ्जु चौधरी, नेपाल क्रान्तिकारी विद्यार्थी संघकी केन्द्रीय कोषाध्यक्ष प्रमिला ज्याख्वा, नेपाल क्रान्तिकारी शिक्षक सङ्घकी केन्द्रीय सदस्य पवित्रा शाही, उपनिर्वाचन चितवन क्षेत्र न २ का प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्र प्रजा लगाएतले मन्तव्य राखेका थिए ।
नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत्र २४ र २५ गते चितवनको रत्ननगरमा दुई दिन सम्म चल्नेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker