निम्ता बाँडेर फर्कियो लक्की फिल्मी अवार्डको टोली

चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डका लागि निम्ता बाँड्ने काम सुरु भएको छ । मोफसल टुर अन्तर्गत धार्मिक तथा ऐतिहासिक क्षेत्र, व्यापारिक शहर पुगेर अवार्डको निम्ता दिएर टोली चितवन फर्केको छ । चितवन बाग्लुङ पुगेर फर्केको टोलीले सुझावहरु पनि संकलन गरेको छ ।

अवार्ड वितरण कार्यक्रम यही असार ८ गते भरतपुरको देवनगरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । ३० भन्दा बढी विधामा अवार्डहरु वितरण हुने छन् । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुनेछ । मोफसल टुरको टोलीले बाग्लुङ नगरपालिकाका उपमेयर राजु खड्का, बाग्लुङको श्रीधरआचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्य, बाग्लुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी सहित कार्यसमिति लगायतसँग अन्तरक्रिया समेत गरेको थियो । अवार्ड वितरणलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्ने सुझावहरु आएका छन् ।

चितवनमा हुने फिल्मी अवार्ड कार्यक्रममा बाग्लुङबाट उत्साहजनक सहभागिता रहने अपेक्षा लक्की मिडियाले गरेको छ । लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ले फिल्मी अवार्डका लागि देशव्यापी निम्ता बाँड्ने अभियाननै चलाइएको बताए । उनका अनुसार फिल्मी अवार्ड कार्यक्रमलाई देशभरीकै भव्य कार्यक्रमका रुपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अवार्ड वितरणलाई निष्पक्ष बनाउन जुरी टिमनै गठन गरिएको कार्कीले बताए । सिने क्षेत्रका कलाकारहरुलाई प्रोत्साहन गर्न लागिएको फिल्मी अवार्डमा देशभरीको प्रतिनिधित्व गराउन प्रचार प्रसार तीव्र पारिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker