रत्ननगरमा धर्मसंस्कृति संरक्षणको लागि प्रर्वधनात्मक कार्यक्रम

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ मा धर्म र संस्कृति संग जोडिएको भाषा,कला तथा साहित्य संरक्षणको प्रर्वधनात्मक कार्यक्रम गरिएको छ ।

वडा नं १ को आर्थिक सहयोगमा सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा विभिन्न जातजातीको धर्मसंस्कृतिको चर्चा गर्दै संरक्षणको लागि समुदाय स्तरबाट गर्न सकिने प्रयासको बारेमा अन्तरक्रिया गरिएको थियो । आधुनिकतासंगै लोप हुँदै गएको परम्परागत धर्म र संस्कृति संरक्षणको लागि विभिन्न समुदायले गरेको प्रयास र पुस्तान्तरणको अबस्थाको विषयमा अन्तरक्रिया गरिएको सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरकी सचिव अनिता अर्यालले जानकारी दिइन् । कार्यक्रममा ब्राहमण, थारु, नेवार, क्षेत्री, गुरुङ, तामाङ, मुश्लिम समुदायका व्यक्तिहरु परम्परागत पोसाकमा सजिएर आएका थिए । कार्यक्रममा थारु समुदायको तर्फबाट भागिरथी चौधरी र गोकर्ण महतो,नेवार समुदायको तर्फबाट गोविन्दकृष्ण श्रेष्ठ, मुश्लिम समुदायबाट इनाथ रहिम मिँया, क्षेत्री समुदायबाट खड्क बहादुर बस्नेत, ब्राहमण समुदायबाट इश्वरी प्रसाद पोखरेल र तामाङ समुदायबाट शेरबहादुर तामाङले आ आफ्नो धर्मसंस्कृति र यसको संरक्षणको लागि गरिएका कामको बारेमा प्रकास पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका प्रबक्ता समेत रहेका वडाध्यक्ष कुलप्रसाद सापकोटाले धर्मसंस्कृति प्रति मान्छे नास्तिक बन्दै गइरहेको भन्दै आफ्नै कारणले धर्मसंस्कृति लोप हुँदै गएको बताए । उनले धर्मसंस्कृति संरक्षणप्रति जिम्मेवार बनाउन सचेतनामुलक कार्यक्रम गरिएको बताए । संस्थाकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई जातिय रुपमा नेतृत्व गरेर सहभागी भएकाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । उपाध्यक्ष संगिता उप्रेतीले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्मचार्य, रत्ननगर कार्यपालिका सदस्य राम रिमाल, वडा सदस्यहरु गिरिराज लम्साल,विन्दु मगराती, बकुलहर माविका सहायक प्रधानाध्यापक भोजराज पौडेल, रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल माविका पूर्व प्रधानाध्यापक गोपाल शर्मा आचार्य लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker