कालिकाको पृथ्वी माविले मनायो ५५ औं बार्षिकोत्सव

कालिका १६ पुस ।

चितवनको कालिका नगरपालिका–७ भटेनीमा रहेको पृथ्वी माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित आफ्नो ५५ औं वार्षिकोत्सव एवंम अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव एवंम अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा मेयर रेग्मीले बार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै आर्थिक अभावको कारण कोही पनि शिक्षा बाट बञ्चीत हुन नपर्ने भन्दै कालिका नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका बताए । विद्यालयकोे शैक्षिक गुणस्तर वृद्धी र प्रभावकारी बनाउन एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ ।

विभिन्न विधामा उत्कृष्ठ विद्यार्थिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यपक प्रकाश चन्द्र अर्यालले प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत चुडामणी शर्मा, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू,अक्षयकोष दाताहरू लगायतको उपस्थिती रहेको थियो ।

सहायक प्रधानाध्यापक सुर्यभक्त अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम बिष्णुलाल श्रेष्ठ र प्रभा पाण्डे तिवारीले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker