कालिकाको हिउँदे नगर सभा : दुई विधेयक तथा दुई कार्यविधि पारित

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगर सभाले दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ ।

नगर सभाले नगर प्रज्ञा प्रतिष्ठान विधेयक, नगर प्रहरीको दरबन्दी स्वीकृत विधेयक र तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, उद्यम विकास कोष सञ्चालन तथा परिचालन कार्यविधि पारित गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए ।

नगर सभामा उपमेयर विमला तामाङले न्यायिक समिति, राजश्व परामर्श समिति, विधायन समिति र अनुगमन समितिको प्रतिवेदनको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो अवसरमा उनले न्यायिक समिति अन्तर्गत चालू आर्थिक वर्षमा दर्ता हुन आएका ११ वटा मुद्दाहरु ७ वटा मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको र ४ वटा मुद्दा छलफलमा रहेको जानकारी दिइन् ।

चालू आर्थिक वर्षमा ५ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा करिब ५० प्रतिशत अतार्थ २ करोड ४५ लाख राजश्व संकलन भइसकेको उनले जानकारी दिइन । नगर सभामा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बीरेन्द्र तामाङ, आर्थिक विकास समितिका संयोजक दीपक सिंह परियार, लेखा समिति संयोजक टीकाराम रेग्मी, संस्थागत विकास तथा सुसासन समितिका संयोजक दीपक बहादुर भट्टराईले चालू आर्थिक वर्षमा भएका काम र उपलब्धी प्रस्तुत गरेका थिए।

नगर सभाले तेस्रो नगर सभाले विनियोजन गरेका योजनाहरु मध्ये सञ्चालन हुन नसक्ने तथा तत्काल नगरी नहुने अन्य आवश्यक योजनाहरुलाई साविकमा विनियोजन गरेको बजेटको परिधि भित्र रही रकमान्तर र बजेट संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker