चर्चित गायक प्रताप दासको सुनचरी गीतको म्युजिक भिडियो सार्वजनिक

१० माघ, रत्ननगर । सुमधुर स्वरका धनी पछिल्लो समयका चर्चित गायक प्रताप दासको स्वरमा सुनचरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एमबीएस डिजिटल क्रियसन नामको यु-ट्युव च्यानलबाट सार्वजिक गरिएको गीतको भिडियोमा मुस्ताङको रमणिय दृश्य समेत देख्न सकिन्छ । गीतको भिडियोलाई चितवनको चर्चित निर्देशक रेहान मियाले निर्देशन गरेका छन् भने सुनिल सुन्दास र निरुता भुजेलको अभिनय देख्न सकिन्छ ।

एस एस स्टुडियोको पोस्ट प्रोडक्सनमा सुनिल सुन्दासको सम्पादन रहेको भिडियोलाई चितवनकै चर्चित ग्राफर रवि कोईरालाले छायांकन गरेका हुन् भने रोशन धितालले कलर करेक्सन गरेका छन् । टिकाराम पोखरेलको शब्द, मंगल बिक र टिकाराम पोखरेलको संगीतमा तयार भएको गीतलाई सन्तोष सुनारले एरेन्ज गरेका छन् भने साजन शाहले मिक्स तथा मास्टरीङ गरेका हुन् ।

तलको युट्युब लिंकबाट म्युजिक भिडियो हेर्न सक्नुहुनेछ ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker