नेपालबाट निर्मित पहिलो भोजपुरी टेलिसिरियल आउँदै

भोजपुरी टेलिसिरियल ‘खेलाडी’ को घोषणा

२५ फेब्रुअरीदेखि भोजपुरी भाषाको टेलिश्रृंखला प्रसारण हुँदै

नेपालीहरुद्वारा निर्मित पहिलो भोजपुरी कमेडी ‘खेलाडी’ आउँदै

काठमाडौं । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया एंटरटेनमेंट एण्ड मीडिया प्रा. लि.को प्रस्तुतिमा निर्माण भएको भोजपुरी सीरिज “खेलाडी“को टिजर रिलीज गरिएको छ ।


निर्माण कम्पनी मुखिया एंटरटेनमेंट एण्ड मीडिया प्रा. लि.ले प्रेस विज्ञप्तिमा भनेको छ, ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा केही गर्ने अठोट गरेका छौं।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाट भोजपुरी भाषामा गीत संगीत र फिल्महरूको निर्माण गरि त्यसलाई विश्वका भोजपुरी दर्शकमांझ पुर्याउने उद्देश्यले हाम्रो यो एउटा प्रयास हो। हास्य÷कमेडीलाई आधार बनाई यूट्यूब मार्फत आफ्नो पहिलो प्रस्तुति “खेलाडी“को रूपमा भिडिओको निर्माण कार्य भई रहेको छ ।’


यसमा चर्चित भोजपुरी संचारकर्मी प्रियंका पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । यस अलावा यस सिरीजमा सरू बराल, रामभजन कामत, अरकाना खातून, गोबिंदा यादव, सेराज आलम, गंगालाल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।


यस सिरीजका लेखक÷निर्देशक शैलेस मानसिंह बस्नेत रहेका छन् भने यसको निर्माण बिरेन्द्र मुखिया, चांदनी देवी र पूर्णिमा कुमारीले गरेका छन् । यस सीरिजका गीतहरूलाई भोजपुरी साहित्यका वरिष्ठ लेखक÷गीतकार गोपाल अश्कले आफ्नो शब्द दिएका छन् भने आकाश ठाकुरको गायन तथा संगीत विनय कार्कीको रहेको छ ।


‘यो हास्य÷कमेडी सीरिजलाई आजै देखि हाम्रो यूट्यूब च्यानल मुखिया इंटरटेनमेंटमा प्रोमो÷टिजर रिलीज गरेका छौं। आउँदो २५ फेब्रुअरीको दिन यो सिरीज रिलीज हुने सहर्ष जानकारी गराउन चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ ।


यसैगरी, टिजर सार्वजनिक कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, वरिष्ठ पत्रकार धर्मेन्द्र कर्ण, वरिष्ठ साहित्यकार विनीत ठाकुर, सञ्चारकर्मीहरु विवेकानन्द मिश्र, आलोक तिवारी, निमिष झा, सुवास साह, मनोज सार्थक, मानव अधिकारकर्मी तथा साहित्यकार दिपक गुप्ता, अतिउल्ला अन्सारीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker