नगर उप-प्रमुख बालवालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण

रत्ननगर, माघ १० । चितवनको कालिका नगरपालिकाले नगर उप-प्रमुख बालवालिका कार्यक्रम अन्तर्गत नगर भित्रका २२ वटा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

आमा, बुबा गुमाएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत नगर उप-प्रमुख बालवालिका कार्यक्रम अन्तर्गत नगरपालिकाले विद्यालमै पुगेर शैक्षिक सामाग्री कपी, कलम, झोल, न्यानो कपडा वितरण गर्दै आईरहेको उप-प्रमुख बिमला तामाङले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका १ देखि ११ नम्बर वडामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेकाछन् । जस अन्र्तगत १ देखि ८ नम्बर वडाका २२ वटा विद्यालयका ५ सय ६६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिसकिएको र बाकी रहेको १३ वटा विद्यालयमा पनि चाडै वितरण गर्ने उहाँको भनाईछ । कालिका वडा नं. ९, १० र ११ मा रहेको विद्यालयमा फागुनको पहिलो हप्ता वितरण गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, नगरपालिकाले विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथ साथै स्वास्थ्य क्षेत्रमा समेत जोड दिएका छौं, यस कार्यक्रमलाई निरन्तरता दिन चाहन्छौं । बालबालिकाहरुको शिक्षा क्षेत्रमा कुनै पनि कमि हुनदिने छैनौं ।

यस्तै, कालिका वडा नं.६ मा रहेको श्री जमुनापुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मंगलवार शैक्षिक सामाग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई नगर उप-प्रमुखसंग बालवालिका कार्यक्रम अन्तर्गत कपी र कलम प्रदान गरिएको कालिका नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा कालिकाकी उप-मेयर विमला तामाङ, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पुडासैनी, प्रधानाध्यापक गीता न्यौंपाने सहितले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, प्रधानाध्यापक गीता न्यौंपाने, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम कालिका नगरपालिका महिला बालबालिका शाखा महिला विकाश निरिक्षक सविना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker