बजगाईको संयोजकत्वमा १७ सदस्यीय नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन

माघ २५ गते, बिहीबार
सितापाईला, काठमाडौं ।

काठमाडौंको सितापाईला स्थित रातो भाले रेस्टुरेन्टमा नुवाकोटबाट काठमाडौमा दुग्ध व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुको भेला नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको प्रमुख आतिथ्यतामा नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती गठन भएको छ । भेलामा नुवाकोटका दुग्ध व्यवसायी, किसान गरि करिब ७० जना भेलामा उपस्थिती भएका थिए । भेलामा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष रामभक्त दाहाल, बागमती प्रदेश उपाध्यक्ष ध्रुब तिवारी, सचिब श्याम घिमिरे एवं केन्द्रिय कार्यालय प्रमुख रबिन्द्र के.सि अतिथिको रुपमा सहभागी हुनुभएको थियो । भेलामा हाल दुग्ध व्यवसायमा भएका समस्या र समाधानका बिषयमा व्यापक छलफल भयो । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले आफ्नो मन्तव्यको क्रममा संगठन नै सबैभन्दा ठूलो कुरा हो, सबै व्यवसायी मिलेर संगठनलाई अघि बढाउनु राम्रो हुने र सबैको हित हुने बताउनु भयो । नुवाकोटमा रहेका दुग्ध व्यवसायीहरुले अब एसोसिएसनमा पनि आवद्ध हुदा नुवाकोटमा जिल्ला समिती समेत बनाउन सकिने बताउनु भयो । मनोज कुमार घिमिरेले संस्था बिना कोहि कसैको भलो नहुने र कुनै पनि पेशामा संस्थाको खाचो पर्ने बताउनु भयो भने ध्रुब तिवारीले आफू जन्मेको नुवाकोटमा रहेका व्यवसायीहरुलाई एकीकृत गर्दै समिती बनाउन लागेकोमा खुशी व्यक्त गर्नु भयो । नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती देवराज बजगाईको संयोजकत्वमा १७ सदस्यीय समिती गठन भएको हो ।

नुवाकोट काठमाडौ दुग्ध व्यवसायी समिती निम्नानुसारको रहेको छ ।
संयोजक देवराज बजगाई
उपाध्यक्ष बालकृष्ण ढंगाना (दिपक)
उपाध्यक्ष क्षेत्र बहादुर तामाङ्ग
उपाध्यक्ष अनमोल गजुरेल
उपाध्यक्ष निशान भण्डारी
सचिव विष्णु दाहाल
सहसचिव प्रकाश मुडभरी
सहसचिव राजेन्द्र मुडभरी
कोषाध्यक्ष माधव पुडासैनी
सहकोषाध्यक्ष विनोद न्यौपाने
सहकोषाध्यक्ष बद्री प्रसाद अधिकारी
सदस्य मधु प्रसाद अधिकारी
सदस्य राम प्रसाद खतिवडा
सदस्य मान बहादुर बलामी
सदस्य गणेश ढकाल
सदस्य रामचन्द्र न्यौपाने
सदस्य विनोद घिमिरे
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker