विजौरीमा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित गन्यारी कृषि सहकारी संस्था विजौरीमा आज विहिबारदेखि ३ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।

तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरीले तालिमले पर्याप्त नहोला तर यस्ता तालिमहरु धेरै लिन आवश्यक भएको वताएकी छिन । यो तिन दिने तालिम खासका छोटो हो तर पनि यो तालिमले तपाईको जिवनलाई केहि परिवर्तन ल्याउन सक्छ भन्नेमा म आशावादी छु । प्रमुख अतिथि समेत रहेकी चौधरीले भनिन– तालिमले तपाईको जिवनलाई केहि न केहि कुरा सिकाउने छ । हामी केहि कुरा वुभ्mन सकेनौं भने हामी झन पछाडी पर्छो । त्यसैले तपाई सँगै तपाईको समाजमा पनि यो सिपको महत्व हुन जान्छ ।

कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष माधव वलीले यो तालिमले व्यक्ति मात्रै नभएर पुरै समाजलाई फाइदा हुने कुरामा जोड दिए । श्रमले सिप सिकाउछ अनि सिपले चेतनाको विकास गर्छ र चेतनाले सस्कारको विकास गर्छ अनि हामी आज त्यहि सस्कारमा वाचेका छौ उनले भने – अव हाम्रा सिप पनि आधुनिक तरिकाले गर्नुपर्ने छ । ‘पुरानो शैलिवाट जुन प्रकारको श्रम गर्छो त्यसवाट हामीलाई श्रम अनुसारको उत्पादन हुदैन अव आधुनिक तरिकाले खे्ती गर्न आवश्यकता छ’ उनले भने ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीवहादुर रावतले भने– अव हामीले अर्गानिक तरकारीको खेति गर्न सुझाव दिए । उनले भने हामी आफैनैं खाने तरकारी हो किन अर्गानिक तरिकाले मौसमी या बमौसमी खेती किन नगर्ने ? अव तालिम लिएपछि आफैं स्वयम खेति गर्न आवश्यक छ । तालिमलाई व्यवहारमा उतार्नुहोला रावतले भने । मुक्त कम्लहि विकास मञ्चका केन्द्रिय सदस्य रुपनी चौधरीले आफ्नो जिवनमा लागु गर्नुपर्ने कुरामा जोड दिइन ।

गन्यारी सहकारीका सचिव सम्झना चौधरीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालक व्यवस्थापक शुसिला चौधरीले गरेकि थिइन भने सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त कार्याक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर १ देखि १९ वडा भित्रका २० जना महिला कृृषकहरुको सहभागिता रहेको छ भने उक्त ३ दिने तालिममा प्रशिक्षकहरुमा ओम प्रकाश न्यौपाने, धनराज गौतम, कुलराज चौधरी, रग वहादुर ववाल र ववी न्यौपाने रहेका छन । तालिमका लागि आर्थिक सहयोग तुलसीपुर उपमहानगरपालिका रहेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker