कौडिण्य गोत्री आचार्य वंशावली तयार गर्न कालिकामा समिति गठित

११ चैत, आईतवार
रत्ननगर, चितवन
कालिका नगरपालिका वडा नं २ को प्रगतिटोलमा कौडिण्य गोत्री आचार्यको वंशावली निर्माण गर्ने उद्देश्यले भेला गरिएको छ । जेष्ठ सदस्य गणेश प्रसाद आचार्यको अध्यक्षतामा छलफल गरी वंशावली तयार गर्ने निर्णय गरिएको हो । वंशावली तयार गर्न गोबिन्द आचार्य सहितको तीन सदस्यीय समिति गठन गरिएको हो । मिनराज आचार्य र दुर्गा प्रसाद आचार्य सदस्यमा चयन भएका हुन् ।
बैठकमा आचार्य बन्धु समाज नेपालका केन्द्रिय प्रबक्ता रामहरी आचार्य तथा आचार्य बन्धु समाज नेपाल चितवनका अध्यक्ष शंकर प्रसाद आचार्यको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker