रत्ननगरमा प्रदेश अर्थमन्त्री थपलियालाई स्वागत

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई सोमवार बधाई एवं स्वागत गरेको छ । रत्ननगर नगरपालिकाकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले संयुक्त रुपमा मन्त्री थपलियालाई बधाई एवं स्वागत गरेका हुन् ।

सो अबसरमा मन्त्री थपलियाले रत्ननगरको समावेशी तवरले विकास निर्माण तथा जनचासोका विषयहरुमा उचित सम्वोधन गर्ने प्रत्याभूति दिलाए । उनले विकासको काममा एकजुट भएर लाग्न पालिका तहका राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा र यस आसपासमा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाइने उनले बताए । मन्त्री थपलियाले प्रदेश र स्थानीय तहको समन्वयमा रत्ननगरमा विकासका कार्यहरु अगाडि बढाउनुपर्ने धारणा राखे । रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले पर्यटक बिना आर्थिक उन्नती सम्भव नहुने भएकाले आर्थिक समृद्धिको लागि दिगो पर्यटन विकासमा जोड दिनुपर्ने मन्त्री थपलियालाई सुझाव दिए ।

विकास निर्माण कार्यमा अलमन नगरी क्षेत्र नं. १ को समग्र विकास निर्माणमा जोड दिन नगर प्रमुख सापकोटाले सुझाव दिए । वर्षातको समयमा कयर खोलाको पानीले रत्ननगरका अधिकांश क्षेत्र डुबानमा पर्ने भएकाले उक्त खोलामा तटबन्धन निर्माणको लागि माग गरे । उपप्रमुख यादवप्रसाद पाठकले रत्ननगरको समस्या र सम्भावनाहरुको बारेमा मन्त्री थपलियालाई जानकारी गराएका थिए । रत्ननगरका नगर प्रमुख सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व कृषि मन्त्री दावादोर्जे लामा, जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker