बैशाख ७ गतेदेखि ११ गतेसम्म औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने

प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न पाईने

भरतपुर/ चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ । प्रदर्शनीको तयारीको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।


आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु  तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना गर्ने तयारी भईरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
सातवटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा ३–३ वटा निःशुल्क स्टलहरु रहने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने र स्वदेशी तथा विदेशी गरी २५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने छन् । प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुपकुमार बरालले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । प्रदर्शनीमा नेपाली उद्योगहरुले प्रयोग गरिरहेका उत्पादन प्रक्रिया र प्रविधिको बारेमा जानकारी प्राप्त गर्ने र लघु, घरेलु तथा साना उद्योगीलाई उपयुक्त हुने नविनतम प्रविधि ग्रहण गर्ने अवसर जुटने अनुमान गरिएको छ । प्रदर्शनीमा उद्यमी, उद्यमीका व्यवसायिक परामर्शदाताहरु (इन्जिनियर, अडिटर, बैंकर्स) वितरक, व्यापारी, स्थानीय, प्रदेश सरकार तथा संघीय सरकारका सम्बन्धित मन्त्रालय तथा विभागका उच्च पदस्थ व्यक्तिहरु, नेपाली उद्योगहरुका सञ्चालक, लगानीकर्ताहरु, विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, आधुनिक प्रविधि उत्पादकहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरु, स्थानीय, प्रदेश तथा संघीय सरकारका औद्योगिक नीति निर्माताहरु तथा जनप्रतिनिधिहरु, कृषक तथा कृषि समूहहरुले अवलोकन गर्ने प्रदर्शनी संयोजक बरालले बताउनुभयो ।


प्रदर्शनीमा “स्टार्टअप सेमिनार” र नेपालको वर्तमान औद्योगिक नीति सम्बन्धि छलफल समेत आयोजना गरिने, औद्योगिक प्रबद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने, उद्यमशिलता प्रेरित कार्यक्रमहरु सञ्चालन हुने, उद्यमीहरुलाई व्यवसायिक साझेदारहरुसँग साक्षत्कार गराइने तथा बिटुबि मिटिङको लागि उपयुक्त अवसर प्राप्त हुनेछ । प्रदर्शनीमा प्लाटिनियम, डायमण्ड, गोल्ड, सिल्भर प्रायोजन र प्रदर्शनी साझेदारको रुपमा विभिन्न उद्योग, प्रतिष्ठानले सहकार्य गर्ने संयोजक बरालले जानकारी दिनुभयो ।
त्यस्तै प्रदर्शनीको अर्को आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवन शाखाले “चितवनको समृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” हुने बताउनुभयो । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको, प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिने भुषालले जानकारी दिनुभयो ।
“छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” को मुख्य प्रायोजकको रुपमा टेकमाइण्ड नेकवर्क प्रा.लि., डायमण्ड प्रायोजकमा मर्कनटायल अफिस सिष्टम, गोल्ड प्रायोजकमा डायानमिक टेक्नोसफ्ट प्रा.लि., एस पावर, बिपिई, म्याक्सिमा (हिकभिजन), सिल्भर प्रायोजकमा एनटिच, सिसिटिभि पार्टनरमा एक्सपर्ट ल्यापटप सोलुसन, सफ्टवेयर पार्टनरमा क्लिक सफ्टवेयर, एजुकेशन पार्टनरमा ब्रोडवे इनफोसिस तथा इनोभेसन पार्टनरको रुपमा अध्यापन रहेको भुषालले जानकारी दिनुभयो ।
प्रदर्शनी अवधिभर टेकमाइण्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्ताहरुलाई विशेष सहुलियत प्याकेज उपलब्ध गराईनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको निःशुल्क मर्मत सेवा लगायतका सुविधा तथा सहुलियत प्रदान गरिने भुषालले जानकारी दिनुभयो ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ । अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्परको समेत व्यवस्था गरिनेछ । प्रदर्शनीमा आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताहरुको माध्यमबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न सहयोगी हुने र वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने समेत आयोजकको विश्वास रहेको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई सह–आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker