गायत्री हरिहर मन्दिरले स्वर्ण महोत्सव मनाउदै

रत्ननगर । रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरले स्वर्ण महोत्सव मनाउदै छ । मन्दिर संरक्षण समितिले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी स्थापनाको पचासौं बर्ष मनाउन थालेको हो ।

समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चैत २९ गतेदेखि बैशाख ५ गते सम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउन थालेको जानकारी दिएको हो । २९ गते बुधबार मन्दिर, गुरुकुलम र धर्मशाला परिसर सरसफाई, ३० गते दीपप्रज्वलन, बैशाख १ गते विश्वशान्तिको कामना गर्दै रुद्राभिषेक, २ गते विद्यालय स्तरीय बक्तृत्वकला तथा कविता बाचन, ३ गते शंखध्वनी तथा खैजडी भजन प्रतियोगिता, ४ गते मुठीदाता,अक्षयकोष दाता भेला तथा सन्तमहन्तबाट धार्मिक प्रबचन र ५ गते स्वर्ण महोत्सब उद्घाटनसंगै स्वर्ण स्तम्भ अनाबरण, स्वर्ण स्मारिका विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष नेमराम शर्मा पौडेलले जानकारी दिए ।

पूर्वी चितवनको धार्मिक धरोहरको रुपमा विकास भइरहेको सो मन्दिरको स्वर्ण महोत्सवलाई भब्य तयारी गरिएको मन्दिर संरक्षण समितिका बरिष्ठ उपाध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए । २०२८ सालमा स्थापना भएको सो मन्दिरले २०४९ सालबाट संस्कृत गुरुकुलम सञ्चालनमा ल्याएको छ । संस्कृति विद्याको संरक्षण र पण्डित उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो गुरुकुलममा अहिले ७० जना विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्म पढाई हुने सो विद्यालयको बार्षिक खर्च ७० लाख रहेको मन्दिर व्यवस्थापन समितिका सचिव सोमप्रसाद भट्टले जानकारी दिए । मुठीदान, महर्शी फाउण्डशेन, सरकारी अनुदानबाट सो विद्यालय सञ्चालनमा रहेको उनले जानकारी दिए । पछिल्लो समय हरिहर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न धर्मशाला निर्माण भइरहेको छ ।

सरकार र जनस्तरबाट सहयोग संकलन गरी धर्मशाला निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक शंकर गिरीले बताए । देश विदेशबाट आउने तिर्थालुहरुलाई आवासीय सुविधा सहित राख्न सकिने गरी सुविधा सम्पन्न धर्मशाला भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker