कालिकाबाट लागु औषध गाजासहित एक महिला पक्राउ

रत्ननगर, चैत ३० ।

पूर्वी चितवनको कालिका नगरपालिकाबाट लागु औषध गाजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कालिका वडा नं. ११ बस्ने सिरी माया चेपाङ रहेकी छन् । बुधबार दिउसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी अधिकृत सहितको बिशेष टोलीले चेपाङको घरबाट १५ किलो ३०० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित चेपाङलाई पक्राउ गरी लागु औषध गाँजा मुद्दामा चितवन जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker