सौराहामा नयाँ बर्ष महोत्सव : खचाखच पर्यटक

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार नयाँ बर्ष सांस्कृतिक महोत्सव गरिएको छ । रेवान सौराहाले आयोजना गरेको सो कार्यक्रममा नयाँ बर्ष मनाउन आएका पर्यटकहरुले संगेतिक मनोरन्जन लिएका थिए ।

प्रणय दिबसमा सौराहा फुड फेस्टिबल गरेको रेवानले नयाँ बर्षको अबसरमा सौराहा नयाँ बर्ष महोत्सव गरेको हो । नयाँ बर्ष मनाउन सौराहा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई अतिरिक्त मनोरञ्जन प्रदान गर्न कार्यक्रम आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले बताए । नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक खचाखच थिए । राती अबेर सम्म पर्यटकहरु गीतसंगितमा रमाएका थिए ।

कार्यक्रममा गायिका निसा लामा सहित दी नेटिभ व्याण्ड, दी नोटेशन व्याण्ड र रत्ननगर कलामन्दिरका कलाकारहरुले प्रस्तुती दिएका थिए । नयाँ बर्षसंगै पर्यटन प्रर्बधनात्मक कार्यक्रममा विभिन्न संघसंस्थाहरुले समेत सहकार्य गरेको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । क्षेत्रीय होटल संघ सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान महिला समुह सहआयोजक रहेको सो कार्यक्रमको प्रर्बद्धकमा नेपाल पर्यटन बोर्ड, मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.लि., सहप्रायोजकमा बोटलर्स नेपाल(तराई) लि. र नेपाल लिक्वर्यस प्रा.लि. रहेका छन् ।

नयाँ बर्ष बनाउन स्वदेशी पर्यटनहरु सौराहा आएका छन् । गन्तव्य अबलोकनका लागि आएका विदेशी पर्यटकहरुको संख्या पनि राम्रो छ । नयाँ बर्ष मनाउन परिवार सहित आउने पर्यटकको संख्या बढी छ । सौराहाका होटल तथा रेष्टुरेण्टमा पर्यटकको संख्या बाक्लो देखिएको छ । सडकहरुमा हिडडुल गर्ने पर्यटकको संख्या उस्तै छ । गन्तव्य अबलोकनका लागि आएका विदेशी पर्यटकहरुले सौराहाको सुन्दरता बढाएको छ । सौराहामा अहिले भारतीय र चाइनिज पर्यटकको संख्या उल्लेख्य रहेको छ । नयाँ बर्ष मनाउन परिवार सहित सौराहा आएका स्वदेशी पर्यटकहरु पछिल्लो समय दुईरात तीन दिन बस्ने गरेका छन् । सौराहामा अंग्रजी नयाँ बर्ष धुमधामले मनाउने चलन रहेको छ ।

अंग्रेजी नयाँ बर्षमा सौराहामा हात्ती तथा पर्यटन महोत्सव तथा प्रणय दिबसमा फूड फेस्टिबल आयोजना गरिदै आएको छ । पछिल्ला समय स्वदेशी पर्यटकले धानिएको सौराहामा नेपाली नयाँ बर्षमा पर्यटन आउने आकलन गरिएको थियो । व्यवसायीको अपेक्षा अनुसार नै नयाँ बर्षमा पर्यटकहरु आएका छन् । सौराहा आएका पर्यटकहरु हात्ती सफारी र जीप सफारीमा रमाउने गरेको छन् । सौराहामा १३० वटा होटल र ९० वटा रेष्टुरेन्ट छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker