खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार उद्घाटन

रत्ननगर । चितवनको खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर सञ्चालनमा ल्याइएको उक्त बारको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले उद्घाटन गरेका छन् ।

पर्सा बजारमा दुई दशक अघिदेखि ध्रुव मम सञ्चालन गर्दै आएका कृष्णबहादुर श्रेष्ठ दम्पतीले स्तरीय होटलका रुपमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । ध्रव ममको शाखाको रुपमा नयाँ पर्सा र पुरानो पर्साको बीच भागमा रहेको पुल नजिक पुलचोकमा वार सञ्चालनमा ल्याइएको हो । ध्रुव ममले खैरहनीलाई नै परिचित गराएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालनको लागि ध्रुव ममबाट आर्जन गरेको अनुभवलाई खैरहनीकै स्तरीय होटलमा लगानी गरी सेवा दिने उद्देश्यले ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले बताए ।

ध्रुव लाउन्ज एण्ड बारमा चिकेन र मटनका विभिन्न परिकार सहित नान र तन्दुरीका परिकार ग्राहकका लागि पस्किने गरी ध्रुव ममको शाखाको रुपमा बार सञ्चालनमा ल्याइएको हो । स्वादिष्ट खाजाका परिकार शुलभ मुल्यमा उपलब्ध गराउने गरी बार सञ्चालनमा ल्याएको उनले बताए । पारिवारिक बाताबरणमा रमाउन सकिने उक्त बारमा अपाङ्गता भएकाहरुलाई लक्षित गरी उनीहरुको सहजता अनुसार बस्ने टेबुलको व्यवस्था मिलाउने र ५० प्रतिशत छुट दिने सञ्चालक श्रेष्ठले बताए । यो समाजले मलाई धेरै कुरा सिकायो र दियो पनि श्रेष्ठले भने अब म समाजलाई केही दिन चाहन्छु । बारको उद्घाटन गर्दै संघका अध्यक्ष खनालले खैरहनीको पर्सा बजार लोभलाग्दो बजारको रुपमा विकास भइरहेको भन्दै स्तरीय होटल सञ्चालनले यसको गरिमा बढाउने बताए ।

आर्थिक मन्दीको चेपेटामा रहेका रेष्टुरेन्ट व्यवसायलाई समयको सिमा निर्धारण गर्न नहुने भन्दै उनले अबेर सम्म सञ्चालनको लागि पहल थाल्ने बताए । ध्रुव लाउन्ज एण्ड बारकी प्रबन्ध निर्दैशक गोमा श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा उद्योग बाणिज्य संघ खैरहनीका पूर्व अध्यक्ष केशबराज पाठक, पर्सा साना सहरी खानेपानीका अध्यक्ष गणेश बर्तौला लगायतले मन्तव्य राखेका थिए । बारका सञ्चालक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष क्षेत्र बहादुर रावल, महासचिव विनोद अर्याल, सदस्य अनुप अधिकारी सहित व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker