पारिजात बोर्डिङ स्कुलले नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिँदै

चितवन । चितवनको भरतपुर–६ चोकबजारमा रहेको पारिजात सेकेण्डरी इङ्ग्लिस स्कुलले नयाँ शैक्षिक शत्र २०८१ का लागि विद्यार्थी भर्ना खुला गरेको छ । चैत ३० गतेदेखि विद्यार्थी भर्ना फारम वितरण विद्यालयले वैशाख ३ र वैशाख ६ गते प्रवेश परीक्षा लिन लागेको विद्यालयका प्रिन्सिपल अरविन्द प्रताप राणाले बताउनुभयो ।

विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका लागि नयाँ विद्यार्थी भर्ना गर्न फारम वितरण गरेको राणाको भनाइ छ । राम्रो नैतिक आचरण सहितको आधुनिक शैक्षिक ज्ञान प्रदान गर्दै विद्यालयले सीपमा आधारित शिक्षणलाई अत्यन्तै महत्वमा राखेको प्रिन्सिपल राणाले बताउनुभयो । विद्यालयमा छुट्टै ब्लकमा बालमैत्री कक्षाकोठाको व्यवस्था गरिएको भन्दै प्रिन्सिपल राणाले विशेष शैक्षिक तथा खेल सामग्रीको व्यवस्था भएको बताउनुभयो । अनुभवी शिक्षक शिक्षिकाद्वारा मल्टिमिडियाको प्रयोग गरी स्मार्ट कक्षा सञ्चालन भइरहेकाले पनि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो रहेको उहाँले बताउनुभयो ।

गत वर्ष ८० जना नयाँ विद्यार्थी भर्ना गराएको विद्यालयले यस वर्ष १०० जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्ने तयारी गरेको राणाको भनाइ छ । विसं २०४९ मा सुरु भएको विद्यालयले एसएलसीमा विद्यार्थी सहभागी गराएको २० वर्ष पूरा भएको उल्लेख गर्दै शैक्षिक शत्र २०८० मा ६२५ विद्यार्थी विद्यालयमा रहेका राणाले बताउनुभयो ।

विद्यालयमा नयाँ शैक्षिक शत्रका लागि भर्ना हुन चितवन बाहेक तनहुँ, लमजुङ र गोर्खाबाट समेत विद्यार्थी आएका राणाको भनाइ छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker