राइटपाथ करियर काउन्सेलिङ चाैथाे वर्षमा प्रवेश

पुस २२, काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा छोटो समयमै विस्वासिलो ब्राण्ड बन्न सफल राइटपाथ करियर काउन्सेलिङ चाैथाे वर्षमा प्रवेश गरेको छ ।

सन् २०१७ बाट सञ्चालनमा आएको राइटपाथले आज केन्द्रीय कार्यालयमा केक काटेर चाैथाे वर्ष प्रवेश मनाएको हो ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिने अभिप्रायले स्थापना भएको राइटपाथले तीन वर्षको अवधिमा तीन स्थानमा शाखा कार्यालय समेत स्थापना गर्न सफल भएको छ । हाल राइटपाथले काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालयसँगै चितवन, दाङ र हेटौडाबाट समेत शैक्षिक परामर्श दिँदै आएको छ ।

राइटपाथबाट कक्षा १२ पास गरिसकेका डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले यूके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तब्य भएका देशका लागि काम गर्दै आएको छ ।

राइटपाथका संस्थापक सिइओ फिलिप डिसीले विश्वका उत्कृष्ठ शैक्षिक संस्था र देशमा गएर करियर बनाउनुका साथै गुणस्तरीय शिक्षा हासिल गरी डिग्री लिन चाहने विद्यार्थीले एक पटक राईटपाथ आउनु पर्ने बताए । उनले आफुहरुसँग विश्वकै उत्कृष्ट कलेज तथा विश्वविद्यालय रहेको जिकिर गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker