प्रथम रत्न प्रिय कप : पेनाल्टी सुटआउटमा खैरहनी फुटबल क्लवलाई सफलता

चितवन, मंसिर १४ । हाईलाईट युथ क्लव रत्ननगरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै खैरहनी फुटबल क्लव विजयी भएको छ ।

टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगितामा खेलको पहिलो हाफ र देस्रो खेलको अतिरिक्त समयमा समेत १–१ गोलरहित बराबरी भएपछि खेलको नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो ।

खेलको १५औं मिनेटमा हाईलाईटका तर्फबाट सरोज चौधरीले पहिलो गोल गरेका थिए । त्यस्तै, २८औं मिनेटमा खैरहनी फुटबल क्लवका तर्फबाट सन्देश श्रेष्ठले गोल गरेता पनि खेल निर्धारित समयमा सक्कियो । ।

पेनाल्टी सुटआउटमा खैरहनी फुटबलबाट ३ र हाईलाईट युथ क्लवबाट १ गोल भयो ।

खेलको अधिकांश समय बल नियन्त्रण राखे पनि दुवै तर्फका गोलकिपर बाधक बन्दा दुवै टिमले अग्रता लिने अवसर गुमाएको थियो ।

खेलमा खैरहनी फुटबल क्लवका गोल किपर म्यान अफ दी म्याच हुँदै ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत भोली ९बिहीबार० हुने खेलमा आयोजक ए र झुवानी फुटवल क्लवबीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker