योगेश काजी र सारिका घिमिरेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक

काठमाडौं,
चैत २९ ।

योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्/माष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक भएको करिब ६ घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ ।  सम्भवत नेपाली म्युजिक भिडियोको इतिहासमा अप्लोड भएको सबैभन्दा कम समय मा युटुब ट्रेन्डिङ्ग मा प्रवेश पहिलो पटक पर्न सफल भएको छ यो गीत ।

सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले पर्दामा उतारेका छन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता र दर्शकको रोजाइमा रहेका छन् । यो जोडीले पछिल्लो समय स्रोता/दर्शकमाझ पस्किएका गीतले चर्चा पाउनका साथै युट्युवमा ट्रेन्डिङ्गमा पर्दै आएका छन् ।

‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘मायाको सुगन्ध’ स्रोता/दर्शकमाझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेश/सारिकाले भने ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker