सन्तोषको “अर्को जुनी” यही सोमबार

"अर्को जुनी" लिएर यही सोमबार आउदै सन्तोष

२६ जेठ, चितवन । म्युजिक भिडियो छायांकन तथा निर्देशनमा छुट्टै पहिचान बनाउन सफल चितवनका सन्तोष सुनारको छायांकन तथा निर्देशनमा बनेको “अर्को जुनी” नामक म्युजिक भिडियो आगामी सोमबार यु-ट्युव च्यानल मार्फत आउने भएको छ । सामाजिक पारिवारीक कथालाई उत्कृष्ठ ढंग बाट पस्कन खप्पिस मानिने सन्तोषले यो गीतले पारिवारिक कथा उठाएको बताउछन । चर्चित गायिका मेलिना राई र श्रीकृष्ण आलेको सुमधुर स्वरमा सजिएको गीतमा शब्द तथा संगीत भने राजु अर्यालको रहेको छ । गीतलाई कमल थापाले रेकर्डिङ गरेका हुन् भने मिक्सीङ तथा मास्टरीङ श्यामस्वेत रसाईलीले गरेका छन् । गीतमा गीता ढुंगाना र सुरेश देवलले अनस्क्रिन रोमान्स गरेका छन् । ओम प्रकाश अवस्थीले कलर करेक्सन गरेको गीतमा अवी वाग्ले र सुरेश देवलको कोरियोग्राफी रहेको छ ।

तिन दशक अगाडी चितवनको भरतपुर १४ शिवनगरमा जन्मिएका सन्तोष कलिलो उमेरदेखी नै कला क्षेत्र संग नजिकिए । चितवनको स्थानिय टेलिभिजनहरुमा छायाँकारको रुपमा उत्कृष्ठ कार्य सम्पादन गर्दै विगत १७ बर्ष देखि निरन्तर यहि क्षेत्रमा लागीरहदा बर्तमान अवस्थामा कुशल सिनेमेटोग्राफ़र तथा निर्देशनमा व्यस्त छन् । हालको दिन सम्म सयौं गीतमा सिनेमेटोग्राफी गरेका उनले करिब चार दर्जन गीतमा निर्देशन समेत गरिसकेका छन् । कामको शिलशिलामा नेपालका हिमाली तथा पहाडी क्षेत्रहरुमा समेत व्यस्त रहने सुनार निरन्तर यहि क्षेत्रमा लागिपर्ने बताउछन । “अर्को जुनी” गीतलाई आम दर्शकले मन पराउने साथै गीत करोड क्लवमा सामेल हुने उनले विश्वास लिएका छन् । गीत “श्रीकृष्ण आले” यु-ट्युब च्यानल बाट आगामी सोमबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker