किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

काठमाडौं, १५ असार
हास्यब्यँग्य अभिनेता किरण केसी (ए राता मकै)ले आज १५ असारमा जन्मदिनको अबसर पारेर आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बरिष्ट चरित्रअभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मानित गरेका छन् ।
आफ्ना दिवँगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवँगत हजुरआमा ऋदयकुमारी केसी, दिवँगत बुबा ले.क. दुर्गा बहादुर केसी र दिवँगत आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्ष अघि स्थापित सम्मानबाट गिरी र क्षत्रीलाईलाई सोमबार ललितपुरमा सम्मान गरेका हुन् ।


साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली चलचित्र, टेली चलचित्र, नाट्य क्षेत्रमा योगदान पुर्याएको भन्दै १० हजार रुपैयाँ राशी सहितको हास्यब्याँग्य कलाकार योगदानसम्मानबाट बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मानित गरिएको हास्यव्यँग्य अभिनेता किरण केसीले बताए ।


‘यस्तै २७ वर्षदेखि रँगपत्रकारिता मार्फत नेपाली हास्यब्यँग्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सृजना र चलचित्र निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पुर्याएले डब्बु क्षत्री (डम्बर बहादुर बुढाथोकी)लाई आज पत्रकारिता क्षेत्रबाट १० हजार रुपैयाँ राशी सहित यो सम्मान प्रदान गरिएको हो ।’ केसीले भने,‘जन्म दिनमा मैले मेरो दिवँगत पितृको सम्झनामा ७ वर्षदेखि यो सम्मान एकजना हास्यव्यँग्य कलाकार र एकजना कला पत्रकारलाई नियमित प्रदान गर्दै आईरहेको छु र मेरो शेषपछि पनि यो निरन्तर होस भन्ने चाहना राखेको छु ।’ उनले कला क्षेत्रमा बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी र पत्रकार गीतकार डब्बु क्षत्रीले पत्रकारितामा पु¥याएको योगदानको पनि कार्यक्रममा चर्चा गरे ।


मुलुकमा कोरोना सँक्रमणको महामारी रहेका कारण बिगत जस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेको पनि बरिष्ट हास्यब्यँग्य अभिनेता केसीले बताए । कोरोनाकै कारण यसपटक जन्मदिनमा आफुले केक नकाटेको र तडक भडक नगरेको पनि उनले स्पष्ट पारे । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अर्थात मह जोडीसँग सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय चर्चित कलाकार शिवहरि पौडेलसंगै सहकार्य गरि सफल चलचित्र निर्माताको रुपमा समेत स्थापित छन ।
कार्यक्रममा बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरीले आफुलाई हाँस्यव्यँग्य कलाकारको रुपमा गरिएको यो सम्मानले अझै यो क्षेत्रमा थप ससक्त काम गर्ने उर्जा मिलेको भन्दै धन्यबाद ज्ञापन गरिन । यस्तै पत्रकार डब्बु क्षत्रीले आफ्नो कामको मूल्याँकन गरेर यो सम्मान प्रदान गरिएकोमा अझ सक्रिय रुपमा पत्रकारिता गर्न प्रेरण जागेको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker