गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित

काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायक राजु परियार र गायिका पुर्णिमा मगरको आवाजमा रहेको ”कोरोनाले रुवायो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

विश्वमा फैलिएको कोरोनाको प्रकोपबाट परेको चपेटालाई गीतमा समेटिएको छ ।घरमा नै आपसमा रमाइला खुशीका खवरहरु साटासाट गदैँ आपसमा कुराकानी गरेर तिज मनाउनको लागी आग्रह गरिएको छ । राधिका पुन हमालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

महेश पुनको छायाँकन तथा सम्पादन तथा निर्देशन तथा नेपाल आइडलका खवपु मगरको कोरियाग्राफी भिडियोमा रहेको छ । ”कोरोनाले रुवायो” गीतको भिडियोमा खवपु , प्रिया मगर र सिता मगर र मिराको अभिनय रहेको छ ।
”कोरोनाले रुवायो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker