चितवनका युवा सर्जक अर्जुन सुवेदीले सिर्जना गरेको तीज गीत ढुङ्गे छपनी सार्वजनिक

बाग्लुङ जन्म भै बसाइ सराइ गरी रत्ननगर १० कैलाशटोल चितवनमा रहेका र हाल बैदेशिक रोजगारका क्रममा जापानमा रहेका युवा सर्जक अर्जुन सुवेदीले सिर्जना गरेको यो पालीको तीज गीत ढुङ्गे छपनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सबैलाई नचाउने खालको सो गीतको शब्द निकै उत्कृष्ट र लय सुमधुर रहेको छ । गीतमा खेमराज पौडेल र शिभा केसीको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

अर्जुन सुवेदीको शब्द तथा सुर्य खड्काको लय सिर्जना रहेको सो गीतलाई शंकर विसीले निर्देशन गरेका छन भने शंकर विसी र करिश्मा ढकालको अभिनय रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker