मौलिक तीज गित “हाम्री दिदिलाई सुहाउने रातो सारी” सार्बजनिक

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका नया नया गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारि छ । यसै क्रममा चितवनमै रेकर्डिङ तथा छायांकन गरिएको नया तीज गीत हाम्री दिदीलाई सुहाउने रातो सारी सार्बजनिक गरिएको छ । ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको सो गीतमा सुष्मा पराजुली र कृष्ण अधिकारीको स्वरले सजिएको छ । गीतमा रामु आचार्यको शब्द तथा कृष्ण अधिकारीको संगीत छ ।

ह्याप्पी मिडिया नेटवर्कको निर्माणमा पूर्वी चितवनमा छायांकन गरिएको सो गीतको भिडियोमा सुरेन्द्र भण्डारीको निर्देशन रहेको छ । गीतमा इमान बस्नेत र मदन अच्छामीको छायांकन, अर्जुन महतोको ड्रोन अपरेटिङ साथै सुरेन्द्र भण्डारी र रामु आचार्यको संयुक्त सम्पादन रहेको छ ।

वर्षदिनको तीजमा चेली र माईतिको महत्व बिषयमा गीत केन्द्रित छ । कोरोनाको प्रकोपले माईत जान पाइदैन कि भन्ने शंका साथै सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउदा आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई गीतले समेटेको छ ।

किशोर तिवारीको कम्पोज भएको गीत ए टु स्टुडियो, भरतपुरमा रेकर्डिङ गरिएको हो । गीतमा रामु आचार्य,यसोदा तिमल्सिना आचार्य,प्रकृति लामिछाने,संजय दुवाडी,टिकाराम लामिछाने , एलिना बर्देवा लगाएतको अभिनय देख्न सकिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker