मिलापत्रपछि प्रहरी कार्यालय अगाडी सुष्मा कार्की, यस्तो सम्झौतापछि मिल्यो झगडा (हेर्नुहोस् भिडियो)

नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिगएको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा पत्रकार उत्सव रसाइली र श्वेता खड्काकी बहिनी आरती खड्काले नायिका कार्कीसँग माफी मागेपछि विवाद टुङ्गिएको हो ।

छफफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नायिका सुष्मा कार्कीले गल्ती गरेपछि माफी माग्नुपर्ने बताइन । उनले भनिन्, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरूले सरी भन्नुभयो, मैले उहाँलाई क्षमा दिएँ त्यति नै हो ।’

यस्तै पत्रकार उत्सव रसाइलीले आफूहरूबीच नहुनेपर्ने घटना भएको बताउँदै नायिका कार्कीप्रति भएको घटनामा क्षमा माग्नुभएको छ । नायिका कार्कीलाई चोटपटक पनि लागेको जानकारी दिँदै पत्रकार रसाइलीले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आगामी दिनमा वादविवाद, दुर्घटना र भनाभन नगर्ने सहमति भएको जानकरी दिए । अन्य कुराकानी के के भयो हेर्नुहोस् तलको भिडियोमा

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker